प्रदेश राहत कोषमा एभरेष्ट बैंकको ६ लाख सहयोग


जनकपुरधाम । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा एभरेष्ट बैंकले ६ लाख रुपैया सहयोग गरेको छ ।


बैंकका जनकपुर स्थित प्रतिनिधिहरुले आज विहान मुख्यमन्त्री लालबाबु राउतले ६ लाख बराबरको चेक हस्तान्तरण गरेका हुन ।


प्रदेश राहत कोषमा प्रदेशमा शाखा संचालन गर्दै आएका प्रायः बैंकहरुले सहयोग गरेका छन भने केही समाजिक संस्था र उद्योगपतिहरुले समेत सहयोग गरेका छन ।
राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गरिने प्रदेश सरकारले घोषणा गरेका छन ।

प्रकाशित : २०७७ बैशाख १७, बुधबार १४:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ