कपिलवस्तुमा वडाध्यक्षलाई लक्षित गरी गोली प्रहार, एक पक्राउ


काठमाडौं । कपिलवस्तुको यशोधरा गाउँपालिका-८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि लक्षित गरेर गोली प्रहार भएको छ ।

शुक्रबार बिहान अज्ञात व्यक्तिले उनलाई लक्षित गरेर गोली चलाएका हुन् । अध्यक्ष सहाबुद्दिन  सकुशल छन् ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) दिपशमशेर जबराले अनलाइनखबरलाई बताए अनुसार घटनामा संलग्न भएको आशंकामा एक जना स्थानीय पक्राउ परेका छन् ।

घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ बैशाख १९, शुक्रबार १३:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ