सुखीपुरमा हनुमान अराधनागरी सीता नवमी मनाईयो


लहान । सिरहाको सुखीपुरमा पनि हनुमान अराधनागरी सीता नवमी मनाईएको छ ।

 सुखीपुर नगरपालिका वर्डा नम्बर ८ स्थित रहेको राम जानकी मन्दिर सुखीपुरमा हनुमान अराधनागरी सीता नवमी मनाईएको छ ।


मिथिलाभरी धुमधामका साथ मनाउने सीता नवमी यस वर्ष कोरोनाको विश्व महामारीका कारण धुमधाम नभएता पनि सुखीपुरमा हनुमान अराधना गरेर सीता मईयालाई कोरोनाबाट मुक्त गर्न समेत अहवान गरेर मनाईएको राम जानकी मन्दिर सुखीपुरका ब्यवस्थापन समितिका अध्यक्ष नागेश्वर प्रसाद चौधरीले बताउनुभयो ।


सीता नवमीलाई राजा जनक र मिथिलाकी रानी सुनयनाकी छोरी र अयोध्याकी रानी देवी, जसलाई जानकी नवमी पनि भनिन्छ सीताको अवतार दिवसका रूपमा परापूर्वकाल देखि मनाउने गरेको जानकारहरुले बताउनु हुन्छ ।


जानकारहरुले थप्दै भन्नुभयो – “माता सीताका पति भगवान रामको अवतार दिवस एक महिना अघि चैत्र शुक्ल नवमी वा रामा नवमी महिनामा मनाइन्छ । देवी सीता पुष्य नक्षत्रको समयमा जन्म भएको थियो । सीता भनेको समाधान चलाउनु हो । विवाहित हिन्दू महिलाले आफ्ना पतिहरूको दीर्घ जीवन र सफलताको लागि देवी सीताको पूजा गर्दछन् ।”

प्रकाशित : २०७७ बैशाख १९, शुक्रबार २१:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ