जलेश्वरका कुष्टरोगीहरुले पाए साइकल


जलेश्वर, १७ भदौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले कुष्ट रोगबाट पिडितहरूलाइ साइकल वितरण गरेको छ ।

हिलडुल गर्न सम्सया भएका कुष्ठरोगीहरूलाइ सहज रूपपमा दैनिक कामकाज गर्न सहयोग पुग्ने उदेश्यले मटिहानी नगरपालिका भित्र मटिहानी, मझैरा विसनपुर, धरापुर र सिमरदहीमा वासेवास गर्ने २२ जना कुष्ठ रोगबाट प्रभावितहरूलाइ साइकल वितरण गरिएको मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले बताए ।

सो साइकल मटिहानीमा एक समारोह विच मटिहानी नगरपालिका प्रमुख मण्डलले वितरण गरे । समारोहमा मटिहानी नगरपालिका ८ का वडाध्यक्ष गणेश प्रसाद, मटिहानी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रशेखर शर्मा, स्वास्थ्य संयोजक वालवोध राय,शिक्षक इश्वरी पौडेल तथा मटिहानी नगरपालिकाको कर्मचारीहरूको उपस्थिति थियो ।

साइकलले अफुहरूलाइ दैनिक कामकाजमा सहयोग पुग्ने कुष्ठ रोगबाट प्रभावित वपत खत्वेले बताए । मटिहानी नगरपालिका बाहेक महोत्तरीका कुनै स्थानीय तहले कुष्ट रोगीलाई सहयोग गरेको छैन ।

प्रकाशित : २०७६ भाद्र १७, मंगलवार ०४:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ