नवराजपुरमा गरिब तथा मजदुरलाई राहत वितरण गरियो


जयनाथ यादव / लहान । कोरोना भाईरसको संक्रमण फैलिन नदिन गरेको लकडाउनका कारण समस्यामा परेका सिरहाको नवराजपुर गरिब तथा मजदुरलाई राहत वितरण गरिएको छ ।

नवराजपुर गाउंपालिकाले वडा नम्बर १ का २७८ गरिब तथा मजदुरलाई राहत वितरण गरिएको हो ।

उनीहरुलाई चामल ३० केजी, चना ३ केजी, चिनी २ केजी, खाने तेल २ लिटर, नुन २ केजी र नुहाउने साबुन ४ पिसका दरले राहत बांडेको छ । वडाका कुल १ हजार १५ गरिब तथा मजदुर गर्ने परिवारलाई राहत उपलब्ध गराउने वडाध्यक्ष रामऔतार यादवले जानकारी दिए ।

उनले हातमुख जोड्ने समस्या कसैलाई हुन नदिने समेत बताए । राहत पाएपछि गरिब तथा मजदुरहरु खु:शी भएका छन् ।

प्रकाशित : २०७७ बैशाख २१, आईतवार ०८:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ