राष्ट्र संघको पाँच महिलाको सूचीमा नेपालकी रुना झा


काठमाडौं । संयुक्त राष्ट्र संघिय महिला आयोगले निकालेको कोभिड १९ विरुद्ध विश्वभरबाट फ्रन्टलाइनमा खटिरहेका पाँच महिलाहरुको सूचीमा नेपालको राष्ट्रिय प्रयोगशालाकी निर्देशक डा. रुना झा पनि परेकी छन्। विश्वभरका विभिन्न पाँच देशमा फ्रन्टलाइनमा खटिरहेका महिलाहरुको सूचीमा जोर्डन, चीन, काजकिस्तान, संयुक्त राज्य अमेरिकासँगै नेपालबाट झालाई सूचीकृत गरिएको छ।

विश्वव्यापी फैलिएको कोराना संक्रमणको जोखिमका बीच विभिन्न देशमा खटिरहेका महिलाहरुको कामलाई हेरेर राष्ट्र संघले गत अप्रिल २८ मा पाँच महिलाहरुको सूची सार्वजनिक गरेको हो। यही सूचीमा नेपालबाट डा. रुना झा परेकी हुन्।

राष्ट्र संघसँग झाले भनेकी छन, ‘हाम्रो लागि चीनको उहान प्रान्तबाट विद्यार्थीहरुलाई नेपाल ल्याएसँगै सबै कुराको सुरुवात भयो। १५ फेवरुखरीमा नेपालमा फ्लाइट आइपुगेको थियो र १६ फेव्रुअरीमा हामीले क्वारेटाइन क्षेत्रमा पहिलो प्रवेश गरेका थियौं।’झाले आफ्नो चिकित्सिकीय टोलीले स्वाबको नमूना परीक्षणमा नहिचकिचाएको बताएकी छन्।

‘कतिपय भर्खर २१ वर्ष पुगेका छन् भने कतिपयको घरमा सन्तान छन्,’ झाले भनेकी छन्, ‘तैपनि पनि सबै तयार थिए। हामीले त्यो दिन पूरा रात काम गरेका थियौं र भोलिपल्ट १७५ वटा रिर्पोट तयार गर्यौ।’नेपालमा पहिलोपटक संक्रमित देखिएको लामो समयसम्म संक्रमण देखिएन। तैपनि झाको टोलीले पूर्वतयारी गरिसकेको थियो। ‘त्यसपछि हामी सबैको ध्यान कोभिड १९ को नमूना परीक्षणतर्फ केन्द्रित भएको छ,’ झाले भनेकी छन, ‘हाम्रो नियमित सेवा रोकिएको छ।’ आफ्नो लागि चुनौती पूर्ण समय भएको बताएकी छन् झाले।

अन्य देशमा भएका सुविधासम्पन्न प्रयोगशाला र जीवन नै सोही क्षेत्रमा लगाएका अनुभवि वैज्ञानिकसँग नेपालको स्थितिको तुलना गर्दै झाले भनेकी छन, ‘नेपालमा सीमित स्रोतसाधन छ। तैपनि हामीले आफ्नो प्रयास गरिरहेका छौं ।’राष्ट्र संघसँगको कुराकानीमा झाले दैनिक ६० देखि ७० नूमाना आउने बताएकी छन्। आउने नमुनाहरु पनि अनियमित अन्तरालमा आउने भएकाले अबेरसम्म काम गर्नुपर्ने भएको बताएकी छिन झाले ।

‘निर्देशकको रुपमा मेरो लागि अबेरसम्म ल्याबमा बस्नु सामान्य भएको छ,’ झाले भन्छिन, ‘प्राविधिक कामसँगै मैले आफ्नो टोलीको आवतजावत र खानाको पनि व्यवस्थापन गनुपर्छ । यो समय हामी सबैको लागि अफ्ठ्यारो समय हो र मैले उनीहरु सबैलाई प्रेरित गरिरहेकी छु ।’ आफ्नो टोलीका चिकित्सकहरुले कमजोर महसुस गरिरहँदा आफूले उनीहरुसँग कुराकानी गर्ने र सुरक्षा मुख्य महत्व भएको बताउने गरेको झा सुनाउँछिन् ।प्रयोगशालाको कामसँगै झाको व्यक्तिगत जीवनमा पनि असर परेको छ ।

उनले आफ्नो छोरीलाई श्रीमानसँगै आफ्नो गृहजिल्ला जनकपुर पठाएकी छन्। राष्ट्र संघसँग झाले भनेकी छन्, ‘मेरो कार्य क्षेत्रबाट निकै टाढा छ जनकपुर। छोरीलाई श्रिमानसँग पठाएपछि म अपार्टमेन्टमा एक्लै बसिरहेको छु।’ अन्य सामान्य समयमा हप्तामा तीन पटक जाने गरेको दुई किलोमिटर मात्रै टाढा रहेका उनका आमाबुबाकोमा पनि उनी जान पाएकी छन्।आफूले तीन हप्तादेखि उनीहरुलाई नभेटेको बताउँछिन् झा । ‘छोरी मलाई फोन गर्छिन र कति धेरै याद गरेको छु भन्दै सुनाउँछिन,’ झाले भनेकी छिन, ‘म पनि परिवारलाई सम्झिरहेकी छु । तर, उनीहरुलाई जोखिममा पार्छु भन्ने डर छ ।

त्यसले दुरी कायम गरेकी छु । आमाले आफूहरु बृद्ध भईसकेको र मलाई हेर्न मात्रै चाहने भन्नुहुन्छ । म पनि आफ्नी छोरीलाई अंगालो हाल्न र आमाबुबाको हेरचाह गर्न चाहन्छु । तर, अहिले उनीहरु र अनयलाई सुरक्षित राख्न यो त्याग गर्न आवश्यक भएको छ ।’

प्रकाशित : २०७७ बैशाख २१, आईतवार १८:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ