संसदको महासचिवमा गौतम नियुक्त


काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको महासचिवमा डा. भरतराज गौतमलाई नियुक्त गरेकी छन् ।

सोमबार नै सभामुख अग्नि सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतमको नाम सिफारिस गरेका थिए । मनोहरप्रसाद भट्टराईको अवकाशसँगै संसदमा सचिव रहेका गौतमलाई महासचिवमा नियुक्त गरिएको हो ।

यसबीचमा गोपालनाथ योगीले कार्यवाहकको जिम्मा पाएका थिए । नवनियुक्त गौतम कास्की लामाचौरका स्थायी बासिन्दा हुन् ।

प्रकाशित : २०७७ बैशाख २२, सोमबार २१:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ