नेपाल भारत सीमानामा ‘गोली’ चलेपछि झापामा व्यापक सुरक्षाकर्मी परिचालन


 झापा । झापा गाउँपालिका वडा नम्वर ४ को जङे पिलर १३१ नम्वर आसपासको सुरक्षा प्रहरी पोस्ट क्षेत्रमा हवाई फायर भएपछि अहिले झापाका सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङख्या बढाइएको छ ।

अज्ञात भारतीय समुहबाट हुल हुज्जतसहित नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि हवाई फायर गरिएको छ ।

घटनामा कुनै किसिमको धनजनको क्षति भएको छैन । सशस्त्र प्रहरीले फायर खोलेपछि उनीहरू भारत तर्फ भागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन ।

स्थानीयका अनुसार सो घटनाअघि भारतीय नागरिक पाहुनाखान नेपाल प्रवेश गरेका थिए । जवरजस्ती प्रवेश गर्न खोजेपछि सिमामा तैनाथ नेपाली सुरक्षाकर्मीले उठबस गराएर भारत तर्फ नै फिर्ता पठाइएको बुझिएको छ ।

उनै व्यक्तिले ल्याएको समूहले सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको हुन सक्ने स्थानीयको भनाई छ । आज बेलुका पाँच बजे सो घटना भएको थियो । सुरक्षाकर्मी माथि नै आक्रमण प्रयास भएपछि नेपाल र भारत दुवै तर्फ सुरक्षाकर्मीको बाक्लो परिचाल गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

प्रकाशित : २०७७ बैशाख २३, मंगलवार ०८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ