लकडाउनमा सवारी पासको दुरुपयोग बढेपछि थप कडाइ गरिएको छ।


काठमाडौं। लकडाउनमा सवारी पासको दुरुपयोग बढेपछि थप कडाइ गरिएको छ।

जिल्ला प्रशासनबाट जारी भएको पास दुरुपयोग भएपछि गृह मन्त्रालयले ७७ वटै जिल्लामा सूचना जारी गर्दै कडाइ गर्न निर्देशन दिएको छ। अब एउटा जिल्लाबाट जारी भएको पास लिएर अर्को जिल्लामा जान नपाइने भएकाे छ।

अत्यावश्यक कामले जानै पर्ने भएको खण्डमा सम्वन्धित जिल्ला प्रशासनले जान लागेको अर्को जिल्ला प्रशासनसँग समन्वय गरेर मात्र पास जारी गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको र पासको दुरुपयोग गरेर एक जिल्लाबाट अर्को जिल्लामा जाने मानिसको संख्या बढेकाले गृह मन्त्रालयले पास वितरण र अनुगमनमा कडाइ गर्न निर्देशन दिएको हो।

त्यस्तै काठमाडौं छिर्ने नाकामा पनि कडाइ गरिएको छ। अत्यावश्यका बाहेक जिल्लाले जारी गरेका पास भएका सवारी साधनलाई पनि प्रवेशमा कडाइ गरिएको छ।

प्रकाशित : २०७७ बैशाख २३, मंगलवार १०:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ