प्रहरी जवान रामचन्द्र यादव : जसले आफ्नो रगत दिएर बचाए गर्भवती महिलाको ज्यान


जनकपुरधाम, २३ वैशाख । जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा कार्यरत एक प्रहरी जवानले रगत दिएपछि एक गर्भवती महिलाको ज्यान जोगिएको छ ।

रौतहट जिल्ला अस्पतालमा भर्ना रहेकी ईशनाथ नगरपालिका ४ का ओसिम अख्तरकी श्रीमति नरसिमा खातुनलाई प्रहरी जवान रामचन्द्र यादवले एक पिन्ट रगत दिएर ज्यान जोगाएका हुन् ।

अस्पतालको शैयामा रहेकी खातुनलाई रगत चाहिएको थियो । तर, उनलाई आवश्यक रगत कतै नभेटाएपछि प्रहरी जवान यादवले रगत दिएर बचाएका हुन् ।

प्रहरी जवान यादव यसअघि सिरहामा हुँदा पनि प्रशंसनीय कार्यहरु गरेर तारिफ बटुलेका थिए । उनी हाल जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुसन्धान शाखामा कार्यरत छन् ।

  • bureaukhabar.com
प्रकाशित : २०७७ बैशाख २३, मंगलवार १९:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ