प्रधानमन्त्रीले भने- लकडाउन खुकुलो बनाउने समय आएको छैन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाउने बेला नआइसकेको बताएका छन्।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिएमसी) ले तयार पारेको लकडाउन खुकुलो गर्ने ‘मोडालिटी’ लाई प्रधानमन्त्री ओलीले अहिले जरूरी नरहेको बताएका थिए।

‘सिएमसीले ग्रिन जोन, यलो जोन र रेड जोन बनाउने प्रस्ताव ल्याएको थियो,’ तर प्रधानमन्त्रीले भारतमा कोरोना संक्रमितको संख्या ५० हजान पुग्न लागेको भन्दै अहिलनै खुकुलो नबनाउने बताएका हुन् ।

प्रकाशित : २०७७ बैशाख २४, बुधबार ०६:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ