कोरोनाबाट जोगिन सुखिपुरका सशस्त्र र नेपाल प्रहरीलाई एन– ९५ मास्क सहयोग


बिकी गुप्ता,
सिरहा, २४ वैशाख ।
सिरहाको सुखिपुर उधोग ब्यापार समितिले ईलाका प्रहरी कार्यलय सुखिपुर र सशस्त्र प्रहरी बल सुखिपुरलाई एन–९५ मास्क उपलब्ध गराएको छ ।

समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरीसहितका पदाधिकारीले प्रहरी साहायक निरीक्षक राम कुमार यादव र ससस्त्रका इन्चार्ज प्रहरी सहायक निरीक्षक संजय बरालसहित सम्पुर्ण प्रहरी कर्मचारीलाई १÷१ मास्क हस्तान्तरण गरे ।

संसार भरी फैलिएको करोना भाइरस हाम्रो नेपालमा पनि संक्रमण फैलिएको अबस्थामा नगरवासीलाई दिनरात खटिरहेका सुरक्षाकर्मीको हौसला बढाउन मास्क प्रदान गरेको समितिका अध्यक्ष चौधरीले बताए ।

मास्क लिदै ईलाका प्रहरी कार्यलय सुखिपुरका प्रमुख राम कुमार यादव र ससस्त्र प्रहरी बलका सुखिपुरका प्रमुख कोरोनाको संकट घडिमा सुखिपुर उधोग ब्यापार समितिले प्रदान गरेको मास्क प्रति धन्यवाद दिए । उनले कोरोना महामारीमा सबै पक्षले मिलेर सहयोग गर्दै अगाडी बढे अवश्य जित्ने समेत बताए ।

उक्त हस्तान्तरण कार्यक्रममा सुखिपुर उधोग ब्यापार समितिका अध्यक्ष चौधरी, प्रथम उपाध्यक्ष सुर्य नारायण यादव, द्वितीय उपाध्यक्ष ओम प्रकाश साह, महासचिव दिनेश यादव, सचिव राकेश कुमार पुर्वे, कोषाध्यक्ष राजेश प्रसाद गुप्ता र युवा समाजसेवी तथा नेपाल विद्यार्थी संघका नेता प्रविण दास लगायतको उपस्थिति थियो ।

प्रकाशित : २०७७ बैशाख २४, बुधबार ०६:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ