बुद्ध जयन्ती : वैशाख पुर्णिामा


सुधा मिश्र

विश्वभरी आज बुद्ध जयन्ती मनाइदैछ।कोरोना महामारीको डर र त्रासले गर्दा विश्व नै आज लकडाउनमा छ। लकडाउनको नियम पालन गर्दै मानिस घरमै रहेर यो महान दिनको सम्झना गरिरहेका छन्।वैशाख पुर्णिामा बुद्ध जयन्ती घरमै मनाइररहेका छन् ।सरकारले आजको शुभ दिनमा साँझ बत्ती जलाउन देशबासी सँग अपील गरेका छन् ।बुद्ध जयन्तीमा भगवान बुद्धको नमन गर्दै साँझ बत्ती जलाएर क‍ोरोना वायरस माथि विजय प्राप्त गर्न आग्रह गरेका छन् ।

भगवान बुद्धको जन्म नाम सिद्धार्थ थियो । सिद्धार्थका पिता शुद्धोदन कपिलवस्तुका राजा थिए ।उनको सम्मान नेपाल र पुरै भारतमा थियो।आमाको नाम माया देवी थियोे । सिद्धार्थको सानीआमा गौतमीले उनको लालन-पालन गर्नु भएको थियोे किनकि सिद्धार्थको जन्म लगत्तै उनको आमाको देहांत भएको थियो ।

वैशाख पूर्णिमा को दिन भगवान बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो। वैशाख पुर्णिामाकै दिन बोधगयामा एउटा पिपल वृक्षको तल भगवान बुद्धले सत्यको प्राप्ति गरेका थिए।जसलाई बोधी वृक्ष भनेर चिनिन्छ ।सोही दिन 80 वर्ष को उमेरमा दुनियाबाट कुशीनगरमा देह त्याग गरे।वैशाख पुर्णिामाकै दिन जन्म , सत्य प्राप्ति र देह त्याग गौतम बुद्धले गरेका हुन्।यो एक विशेष संयोग नै हो।

भगवान बुद्धलाई परमेश्वरको एउटा अवतारको रुपमा चिनिन्छ ।उनी आफ्ना दिव्य उपदेशले विश्वलाई हिंसाबाट जोगाउन चाहे।आफ्ना दिव्य उपदेशले विश्वमा शान्तिको शंखघोस गरे।आज विश्वमा उनका अनुयायी छन् ।बुद्ध धर्मावलम्बी
नभएको आज कुनै देश छैन ।उनी मुर्ति पुजाका विरोधी थिए । तर अफसोस आज विश्वमा सब भन्दा बढता प्रतिमा बुद्ध कै छ ।

प्रकाशित : २०७७ बैशाख २५, बिहीबार २०:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ