उदयपुरमा थप तीन जनामा कोरोना सङ्क्रमण भेटियो : स्वास्थ्य कार्यालय


उदयपुर । उदयपुरमा थप तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरको भुल्केका थप तीन जनामा कोरानाको सङ्क्रमण भएको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।

तीनै जना महिला रहेका र उनीहरुको उमेर भने खुल्न बाँकी रहेको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयले ३ सय ३४ जनाको नमुना संकलन गरी परिक्षणका लागि पठाएकोमा तीन जनामा सङ्क्रमण पुष्टि भएको प्रमुख सुवेदीले बताउनु भयो ।  यसअघि नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय २ थियो भने उदयपुरका २८ जनामा कोरोना भेटिएको थियो ।

प्रकाशित : २०७७ बैशाख २७, शनिबार ०८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ