Breaking- नेपालको सीमानामा कुनैपनि गतिविधी नगर्न भारतलाई नेपालको चेतावनी


काठमाडौँ । आज पराराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै नेपालको सीमानामा कुनै पनि गतिविधि गर्न भारत सरकारलाई आग्रह गरेको हो ।

विज्ञप्तीमा भनिएको छ । सुगौंली सन्धी अनुसार काली (महाकाली) नदीको पूर्वमा रहेका लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भूभाग हुन् । नेपाल सरकारले धेरैपटक भारतलाई यो कुरा भनिसकेको छ । पछिल्लो समय भारतले जारी गरेको नयाँ राजनैतिक नक्शाको जवाफमा २० नोभेम्बर २०१९ मा भारत सरकारलाई सम्बोधन गरिएको कुटनैतिक नोटमा पनि यस कुरालाई दोहोर्याएको थियो ।

यस्तो अवस्थामा नेपाल सरकारको विना अनुमति सडक मार्ग खोल्नु नेपालको लागि दुखद् कुरा हो । यस कुराको नेपालले घोर भत्सर्ना गर्दछ ।

भारतले लिपलेक हुँदै मान सरोबर जाने सडकको उदघाटन गरेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ । प्राय सबै दल र संघ संगठनहरुले भारतीय कदमको विरोध गरेका छन् । भारतको यो कदमबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग भइरहेका बेला परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेको हो ।

प्रकाशित : २०७७ बैशाख २७, शनिबार १४:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ