नेपालमा भारतीय प्रधानमंत्री मोदीको पुत्ला जलाइयो हिजो , यस्तो छ कारण


विराटनगर । विराटनगरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ।

नेपाली भूमि लिपुलेक र कालापानी हुँदै भारतले चीन प्रशासित तिब्बतको मानसरोवरसम्म पुग्ने सडक निर्माण गरेको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरिएको हो।

स्वतन्त्र युवा समूह विराटनगरको आयोजनामा विराटनगर भन्सारक्षेत्रको २ नम्बर गेट छेउमा पुत्ला दहन गरिएको हो। रघुपति जुटमिल जाने मोडमा जम्मा भएका युवा समूहका पदाधिकारीसहित सर्वसाधारणले मोदीको पुत्ला दहन गर्दै नाराबाजीसमेत गरेका थिए। उनीहरूले ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘लिपुलेक र कालापानी हाम्रो हो’, ‘गोब्याक इन्डिया’लगायतका नारा लगाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र युवा समूहका अध्यक्ष हमीद आजादले भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरे पनि नेपाल सरकार चुप लागेर बस्नु दुखद भएको बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले चालेको कदम फिर्ता नलिए जनस्तरबाटै कडा कदम चाल्न बाध्य हुने उनको भनाइ थियो।

पुत्ला दहन कार्यक्रममा राष्ट्रवादी युवा समूहका अध्यक्ष एवम राप्रपाका जिल्ला उपाध्यक्ष मोहम्मद मुस्लिम मियाँ, राष्ट्रवादीका जिल्ला सचिव अर्जुनकुमार क्षेत्री, स्वतन्त्र युवा समूहका अनिल राई र विजय खड्कासहित सर्वसाधारणको सहभागिता थियो।

प्रकाशित : २०७७ बैशाख २८, आईतवार ०८:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ