एकैदिन १३ सय बढीको कोरोना भाइरसको परीक्षण


काठमाडौं । सरकारले कोरोना भाइरसको नमुना परीक्षणको दायरा बढाउँदै लगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर मेसिन र र्‍यापिट टेष्ट किट गरी दुवै तरिकाबाट नमुना परीक्षणको दायरा बढाउदै लगिएको जनाएको छ।

मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले हालसम्म ४ हजार ४ सय २६ जनाको नमुना परीक्षण गरिएको जानकारी दिएका छन्। उनले पछिल्लो २४ घण्टामा ८९७ जनाको नमुना परीक्षण थप भएको बताए ।

तीमध्ये राष्टिय जनस्वास्थ्य प्रयोगशालामा ३ हजार ३९२ र काठमाडौंबाहिर ७४२ वटा गरिएको छ। उनका अनु्सार गत २४ घण्टामा काठमाडौंमा ६ सय ९ जना र बाहिर २८८ वटा नमुना परीक्षण गरिएको छ। उनले भने, योसँगै नमुना परीक्षण प्रतिदिन ७–८ सयभन्दा बढीको दरले भइरहेको छ, त्यहीअनुसार नमुना संकलन भइरहेको छ र हामीले त्यहीअुनसार परीक्षणको दायरी पनि बढाइरहेका छौं।  आज देशभर ८ हजार ८२ जना क्वारेन्टाइनमा रहेका छन्।

त्यस्तै आइसोलेसनमा कुल ८२ जना रहेका छन्। तीमध्ये काठमाडौंमा १५ जना र काठमाडौंबाहिर ६७ जना रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित : २०७७ बैशाख २९, सोमबार ०९:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ