मन्त्री परिषदको आज बैठक जारी


काठमाडौँ । कोरोना (कोभिड१९) संक्रमणलाई न्युनिकरण गर्न सरकारले थप निर्णय गर्न मन्त्री परिषद् बैठक अहिले वालुवाटारमा शुरु भएको छ। लकडाउनको अवस्थालाई थप व्यवस्थित बनाएर जनजीवन सहज बनाउने विषयमा निर्णय गर्ने वालुवाटार स्रोतले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा वालुवाटारमा मन्त्रीपरिषद बैठक ११ बजे देखि बसी रहेको छ। चैत ११ गते देखि शुरु भएको लकडाउनले व्यपार व्यवसाय देखि व्यक्तिगत जीवनमा समेत असर पारेको भन्दै व्यवस्थित गरी जनजीवन सुचारु गर्न मन्त्रीपरिषदले निर्णय गर्ने बुझिएको छ।

प्रकाशित : २०७७ बैशाख ३०, मंगलवार ११:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ