हतियारसहित फरार भएका प्रहरी जवान मृत भेटिए


सुरखेत। हतियारसहित फरार भएका प्रहरी जवान मृत भेटिएका छन्। सुर्खेतको सिम्ता गाउँपालिका प्रहरी चौकी आग्रीगाउँमा ड्यूटिमा रहेका प्रहरी जवान नरेन्द्र खड्का हतियारसहित सोमबार राती फरार भएको प्रहरीले जनाएको थियो।

एक थान पेस्तोल र सात राउण्ड गोलीसहित भागेका उनलाई सोमबार रातीदेखि नै खोजी कार्य जारी राखिएको थियो। सिम्ता गाउँपालिका आग्रीगाउको देउली प्रहरी चौकी नजिकै ऐसेलु घारीमा खड्काको लास भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेत, इलाका प्रहरी कार्यालय बादेपिपल राकमबाट खटिएको प्रहरी टोलीले मंगलबार मंगलबार विहान ९ बजे प्रहरी जवान खड्काको बेवारिसे अवस्थामा मृत लास भेटाएको छ।

प्रहरी चौकीको पाँच सय मिटरको दुरीभित्र नजिकै कञ्चटमा गोली लागेको अवस्थामा प्रहरी जवानको मृत लास भेटिएपछि प्रहरी वृत्तमा समेत खैलाबैला मच्चिएको छ। पुख्यौलि घर सिम्ता भई हाल गुर्भाकोट नगरपालिका मेहलकुना निवासी प्रहरी जवान खड्काको हत्या वा आत्महत्या अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी वसन्त कुमार पन्तले प्रहरी फरार जवानको खोजी कार्यमा खटिएको प्रहरी टोलीले नजिकै लास भेटाएको जानकारी दिए।

प्रकाशित : २०७७ बैशाख ३०, मंगलवार १२:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ