सकियो नेकपा सचिवालय बैठक, स्थायी समितिबारे छलफल आज भएन


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास वालुवाटार बसेको नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा शुक्रबार राट्रपतिले संसदमा प्रतुत गर्न लागेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमकारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमका बारेमा सचिवालयको धारणा माग गरेका थिए । सचिवालय सदस्यहरू महत्वपूर्ण सुझावहरु दिए । मिति तोकेपछि २ पटकसम्म स्थगित भएको स्थायी समिति बैठकबारे भने यस बैठकमा कुनै छलफल नभएको प्रवक्ता  श्रेष्ठले  बताए।

प्रकाशित : २०७७ जेष्ठ २, शुक्रबार ११:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ