सिरहाका एक जनासहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो


काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७३ पुगेको छ ।

शनिबारबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७३ पुगेको हो ।

शनिबार संक्रमण पुष्टि भएकाहरुमा बर्दियाको नार्खु निवासी २८ वर्षीया महिला, सिरहाको सखुवा निवासी ३० वर्षीय पुरुष, पर्साको वीरगन्‍ज-१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर-४ निवासी १८ वर्षीया महिला र चितवनको गढौली-१ निवासी २५ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

प्रदेश २ स्थित सिरहामा पहिलो पटक कोरोना संक्रमित भेटिएको छ ।

प्रकाशित : २०७७ जेष्ठ ३, शनिबार १०:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ