Breaking- थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो


काठमाडौं । कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै आज एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि आजै बर्दिया नार्खु–११ की २८ वर्षीया महिला, सिराहा, सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : २०७७ जेष्ठ ३, शनिबार ११:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ