मेयर साहद्वारा राहत वितरण


जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले लक डाउनका कारण दैनिक ज्यालादारी गरि जिवन यापन गर्ने परिवारलाई आज पनि राहत वितरण गरेका छन् ।

उप–महानरपालिकाले आफ्ना हरेक वाडमा वाडा कार्यालयको माध्ययमवाट गरिव विपन्न परिवारलाई राहत पुर्याउँदै आएका छन् । उप–महानगरपालिकाले १८ हजार भन्दा बढी परिवारलाई राहत वितरण गर्ने भएको छ ।

जनकपुरधामको विन्धीमा मेयर साहले आज राहत वितरण गरेका छन् । गरिव विपन्न जो ज्यालादारी गरि आफ्ना परिवारको भरणपोषण गर्दै आएका छन् त्यस्ता परिवारलाई राहत वितरण गर्ने लक्ष्य लिएका थिए ।

तर, गरिव विपन्न परिवारको लगत संकलन गर्न सरकारले सवै पार्टीका प्रतिनिधि हुने गरि समिति बनाई राहत संकलन गर्ने परिपत्र गरेपछि राजपा, समाजवादी, नेपाली काँग्रेस र नेकपाका प्रतिनिधिहरुले लगत संकलन गरेका थिए ।

गरिव विपन्नहरुले धनी व्यक्तिले राहत लिएको गुनासो गरेका थिए तर, गरिव विपन्नले राहत नपाएको उनीहरुले आरोप लगाएका थिए । तर, उप–महानगरपालिकाले वडावाट आएको लगतलाई मान्नुपर्ने बाध्यात्मक परिस्थिति भने संघ सरकारले ल्याएका छन् । संघ सरकारको परिपत्र अनुसारनै राहत वितरण गर्नुपर्ने भएको छ ।

प्रकाशित : २०७७ जेष्ठ ३, शनिबार १६:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ