मृतक महिलाको उपचारमा संलग्न १० जनालाई क्वारेन्टाइनमा लगिँदै


काठमाडौं । धुलिखेल अस्पतालले मृतक महिलाको उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । अस्पतालको ल्याबमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि यो तयारी गरिएको अस्पताल उच्च स्रोतले बताएको छ ।

धुलिखेल अस्पतालको कोभिड-१९ टाक्स फोर्सको तीन बजे स्काईपमा भएको बैठकले उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने र यसअघि नै आकस्मिक कक्षलाई सिल गरेकोमा त्यसलाई निरन्तरता दिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

बैठकमा काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजु, निर्देशक रमेश माकाजु पनि सहभागी थिए । अस्पतालको इमरजेन्सी वार्ड सील भएपछि त्यहाँ ल्याउने बिरामीलाई बनेपास्थित शिरमेमोरियल अस्पतालमा पठाउन लागिएको छ ।

प्रकाशित : २०७७ जेष्ठ ३, शनिबार १८:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ