धनुषाका थप २ जनामा कोरोना पुष्टि, सङ्क्रमित पुगे २८१


काठमाण्डौ । नेपालमा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका २० वर्षीय युवक र ६५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा २ सय ८१ जनामा कोरोना पुष्टि भएको छ ।

३६ जना निको भएका छन् भने एक जनाको ज्यान गएको छ ।

प्रकाशित : २०७७ जेष्ठ ३, शनिबार २१:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ