प्रदेश राहत कोषमा स्वरोजगार लघुवितको सहयोग


जनकपुरधाम । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा स्वरोजगार लघुवित वित्तीय संस्थाले सहयोग गरेको हो ।

स्वरोजगार लघुवित वित्तीय संस्थाले प्रदेश राहतकोषमा एक लाखको सहयोग गरेका छन । संस्थाका जनकपुरस्थित प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई एक लाखबराबरको चेक हस्तान्तरण गरेका हुन् ।

प्रदेश राहत कोषमा प्रदेशमा शाखा सञ्चालन गर्दै आएका प्रायः बैंकले सहयोग गरेका छन् भने केही समाजिक संस्था र उद्योगपतिले समेत सहयोग गरेका छन् । राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गरिने प्रदेश सरकारले घोषणा गरेको छ ।

प्रकाशित : २०७७ जेष्ठ ६, मंगलवार १५:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ