Breaking- थप २७ जनामा भेट्यो कोरोना संक्रमण, संक्रमितको संख्या ४०२ पुग्यो


काठमाडौं : मंगलबार दिउसो थप २७ जना कोरोना संक्रमित थपिएका छन‍् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३ र ललितपुर र भक्तपुरमा एक-एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै झापामा ९ जना, कपिलवस्तुमा ४ जना, सर्लाहीमा २ जना, मोरङ, सुनसरी, रामेछाप ,मकवानपुर, सिन्धुली, लमजुङ र नवलपरासीमा एक-एक जना संक्रमित थपिएका हुन‍् ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ ।

अहिलेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा १७६ जना छन् । प्रदेश १ मा ५४, प्रदेश २ मा १३६, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ४, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमित रहेका छन् । यीमध्ये ३७ जना उपचारपछि घर फर्किसकेका छन् ।

प्रकाशित : २०७७ जेष्ठ ६, मंगलवार १७:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ