धनुषामा पनि भारतीय आँधी आउन सक्ने भन्दै सचेत रह्न प्रशासनको अपिल


जनकपुरधाम । भारतको पश्चिम बंगालमा एम्फन नामक चक्रवाती आँधी चलिरहेकोले त्यसको असर नेपालको विभिन्न स्थानमा पर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले सचेत रहनका लागि आग्रह गरेको छ ।

भारतको पश्चिम बंगाल र ओडिशा राज्यका नागरिकलाई आँधीले क्षति पुर्याइरहेको र त्यसको प्रभाव धनुषा जिल्लामा पनि पर्नसक्ने भएकाले सचेत रहन आग्रह गरिएको हो ।

कोरोना संक्रमणको महामारीका बीच आँधी आउन लागेपछि जिल्लाबासीलाई सचेत भई रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकिय अधिकृत गणेश मिश्रले बताए ।

हाल भारतको उडिसा, पश्चिम वंगाल क्षेत्रमा एम्फन चक्रवात चलिरहेको र त्यसको प्रभावबाट नेपालमा समेत ८५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आँधी आउनसक्ने र त्यसका कारण हावाहुरी, चट्टयाङ्, असिनापानी समेत पर्न सक्ने संभावना रहेको बताइएको छ ।

प्रकाशित : २०७७ जेष्ठ ७, बुधबार १९:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ