एकैदिन थपिए २६ जना संक्रमित,प्रदेश ५ मा सबैभन्दा धेरै


काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ सय ५३ पुगेको छ। जसमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पछिल्लो पटक आज झापाका ८ जना पुरुष र रुपन्देहीका एक जना पुरुष गरी ९ जना थपिएका बताएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनीहरू १७ वर्षदेखि ५५ वर्षसम्मका रहेको जानकारी दिए्। बिहीबार बिहान मात्र झापा, धनकुटा र सुनसरीका गरी १७ जना कोरोना संक्रमित थपिएका थिए। यससँगै बिहीबार एकैदिन कुल २६ जना संक्रमित फेला परेका छन्।

उनले नयाँ फेला परेका सबै संक्रमितको ठेगानाअनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत कन्ट्याक्ट ट्रेसिङको काम थालिएकोसमेत बताएका छन्।  यससँगै नेपालका कुल ३८ जिल्लामा कोरोना भाइरसको संक्रमण पुगिसकेको छ। जसअनुसार प्रदेश नम्बर १ मा ८४ जना, प्रदेश नम्बर २ मा १ सय ३६ जना, बागमती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा ४ जना, प्रदेश नम्बर ५ मा १ सय ९७ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन्।

प्रकाशित : २०७७ जेष्ठ ८, बिहीबार २०:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ