जनकपुरधामको एक कोरोना संक्रमित आइसोलेसनबाट फरार


जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको आइसोलेसनबाट एक कोरोना संक्रमित व्यक्ति फरार भएको छ ।

आइतबार विहानै आईसोलेसन कक्षमा रहेको एक संक्रमित व्यक्ति फरार भएको धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

कोरोना संक्रमित भएपछि जनकपुरधामको प्रादेशिक अस्पतालमा रहेको आइसोलेसन कक्षबाट फरार भएको सर्लाहीको ती ४० वर्षिय संक्रमित व्यक्तिको मानसिक सन्तुलन बिग्रेको बताइएको छ ।

यस अघि पनि ती संक्रमित आइसोलेसनबाट भाग्ने पटक पटक प्रयास गरेको थियो ।उनी झ्याल तोडेर फरार भएको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिए ।

ती संक्रमित व्यक्तिको खोजी प्रहरीले गरिरहेको छ ।अहिले विशेष कोभिड अस्पतालको आईसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमित गरी ४० भन्दा बढी बिरामी उपचार भैरहेका छन् ।

प्रकाशित : २०७७ जेष्ठ ११, आईतवार ११:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ