मेयर साह द्वरा – क्वारेन्टाइनकालागि ११ थान वेड हस्तान्तरण


जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टइनमा दिनानुदिन बढ्दै गएको संख्यालाई मध्यनजर गर्दै यहाँका अलमुनियम व्यवसायीहरुले ११ थान वेड जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहलाई हस्तान्तरण गरेका छन् ।

अलमुनियम व्यवसायीहरुले उप–महानगरद्वारा सञ्चालित क्वारेन्टाइनमा संख्या बढ्नु र त्यहाँ वेडको कमी रहेको आफुहरुलाई महसुस भएपछि आफुहरुले सक्ने जति उप–महानगरलाई सहयोग गरेको बताए । उनीहरुले आज एक कार्यक्रम विच सो वेडहरु हस्तान्तरण गरेको हो ।

जनकपुरधाम उप–महानगरद्वारा गोपालधर्मशालामा ५० बेडको क्वारेन्टाइन सञ्चालन गरेपनि अहिले त्यहा करिव एक सयको संख्यामा मान्छेहरु छन् । वेड देखि लिएर स्पेस सम्मको कमी भएको छ । प्रशासनले सवैलाई आ–आफ्नो पालिकाको क्वारेन्टाइनमा राखिने भनिएपनि त्यहा एक्कासी बढेको संख्याले क्वारेन्टाइन छोटो पर्न थालेका छन् ।

प्रकाशित : २०७७ जेष्ठ ११, आईतवार १७:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ