८ लाख भारतीय रुपैयाँ सहित दुई पक्राउ


पर्सा, १८ भदौ । वीरगन्जबाट ८ लाख अवैध भारतीय रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नं. ६ महाविरस्थान बस्ने ३९ वर्षीय अभिषेक सर्राफ र वीरगञ्ज वडा नं. १० आदर्शनगर बस्ने ३३ वर्षीय बिष्णु श्रेष्ठ मंगलबार पक्राउ परेका हुन् ।

सशस्त्रको राजश्व तथा भन्सार सुरक्षा गस्ती टोलीले उनीहरुको साथबाट ८ लाख ८ हजार २ सय ७२ रुपैयाँ अवैध भारतीय रुपैयाँ बरामद गरेको थियो ।

ना ९ प १४८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल आउँदै गर्दा शरीर र हेल्मेटमा भारतीय रुपैयाँ लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेको सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार कार्कीले बताए ।

रकम र मोटरसाईकल सहित उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ भाद्र १८, बुधबार १३:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ