मुख्यमन्त्री राउत र मेयर साह विच भेटवार्ता


जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साह र प्रदेश २ का मुख्यमन्त्री लालवावु राउत विच आज भेटवार्ता भएको छ ।

मुख्यमन्त्री निवासमा आज भएको भेटवार्तामा मेयर साहले जनकपुरधाममा कोरोना भाइरसको प्रकोपको सन्दर्भमा जानकारी गराउँदै यस महामारीमा जनकपुरधाम उप–महानगरपालिकालाई प्रदेश सरकारको प्रत्यक्ष सहयोगको अपेक्षा रहेको वताएका थिए ।

प्रदेश नं. २ को अस्थायी राजधानी समेत रहेका जनकपुरधाममा कोरोना विरामी तथा भारत लगायत अन्य देशवाट नेपाल फर्कनेहरुलाई गरिने क्वारेन्टाइनको समेत अभाव रहेको मेयर साहले मुख्यमन्त्री राउतलाई जानकारी गराएका थिए ।

मेयर साहले जनकपुरधामको गोपालधर्मशालामा उप–महानगरपालिकाले क्वारेन्टाइन सञ्चालनमा ल्याएपनि त्यसले अभाव परिपूर्ति गर्न नसक्ने वताउँदै प्रदेश सरकारले छिटो भन्दा छिटो क्वारेन्टाइन सञ्चालन गरि वाहिरवाट आउनेहरुलाई व्यवस्थापन गर्न आग्रह गरेका थिए ।

गोपाल धर्मशालामा जनकपुरधाम उप–महानगरपालिकाले ५० वेडको क्वारेन्टाइन सञ्चालन गरेपनि अहिले करिव एक सयको संख्यामा भारतवाट आएहरु पुगेका छन् । उनीहरुलाई विहान नास्ता, खाना, दिउसो खाजा र राति खानाको प्रवन्ध जनकपुरधाम उप–महानगरपालिकाले गरेका छन् ।

भेटघाटपछि सञ्चारकर्मीहरुलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर साहले जनकपुरधाममा कोरोनोको प्रभाव र यहाँको व्यवस्थापन सम्वन्धमा मुख्यमन्त्रीलाई जानकारी गराएको वताएका थिए । उनले भने–‘समयसान्दर्भीक कुरा भयो मुख्यमन्त्री पनि यस विषयमा गम्भीर छन् ।’

मुख्यमन्त्री राउत पनि कोरोनाको प्रकोपवाट बञ्च चिन्तित देखिएको मेयर साहले जानकारी दिएका थिए । उहाँ पनि हामीले राखेको कुरामा सकारात्मक रहेको मेयर साहले जानकारी दिएका थिए ।

प्रकाशित : २०७७ जेष्ठ ११, आईतवार २०:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ