Big News- वीरगन्जमा मृत्यु भएका बृद्धमा कोरोना संक्रमण पुष्टि, गाउँ सिल गरियो


पर्सा : वीरगन्जमा ८ दिनअघि मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत वैशाख ४ गते वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रमममा मृत्यु भएका बारा करैयामाई गाउँपालिका–७ उम्जन गाउँका ७० वर्षिय बृद्धको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो ।

उनको मृत्यु भएकै दिन जेठ ४ गते दाहसंस्कार गरिएको थियो । उनको मृत्यु कोरोनाको संक्रमणबाट भए नभएको बारे भने पुष्टि हुन बांकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वैशाख २ गते दिउँसो साढे एक बजेको समयमा ती वृद्ध मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना भएका थिए । श्वासप्रश्वास, निमोनिया, क्षयरोग लगायतले ग्रस्त वृद्धको आईसीयूमा उपचार हुँदै थियो । मेडिकल कलेजले ती वृद्धको स्वाब परीक्षण नतिजा नआउदै शव परिवारको जिम्मा लगाएको थियो ।

आज उनमा कोरोना संक्रमण पुष्टि भएपछि बारा करैयामाई गाउँपालिका–७ उम्जन गाउँ सिल गरेको छ । दाहसंस्कारमा ७० जना भन्दा बढी सहभागी थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले कोरोनाको रिपोर्ट आउनु अघि नै दाहसंस्कार गरिएकाले गाउँ वरिपरि तारवार गरेर सिल गरिएको जानकारी दिनुभयो । प्रहरीले दाहसंस्कारमा सहभागी मलामी, मृतकका परिवारलगायतका गाउँलेलाई घरमै बस्न आग्रह समेत गरेको छ ।

– कान्तिपुर

प्रकाशित : २०७७ जेष्ठ १२, सोमबार १५:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ