आज एकैदिन ११४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८८६ पुग्यो


काठमाडौं ।  नेपालमा पनि कोरोनाभाइरसको संक्रमण दिनानुदिन बढ्न थालेको छ । बुधबार एकैदिन ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले जानकारी दिए । 

उनकाअनुसार बुधबार झापा, सिरहा, सप्तरी, रौतहट, बारा, मकवानपुर, बाग्लुङ, दाङ, सुर्खेत, बाँके र रूकुम पूर्वमा गरी बुधबार थप ११४ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको हो । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ। जसमध्ये ७९६ जना पुरुष र ९० जना महिला रहेका प्रवक्ता देवकोटाले जानकारी दिए । उनकाअनुसार हालसम्म १८३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ।

हालसम्म ४७ जिल्लामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।  

प्रकाशित : २०७७ जेष्ठ १४, बुधबार १८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ