आज थप १ जना कोरोना संक्रमितको मृत्यु,मृत्यु हुनेको संख्या ५ पुग्यो


काठमाडौँ । ललितपुरमा १ जना कोरोना संक्रमितको मृत्यू भएको छ। नेपालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

बुधबार साँझ कोरोना संक्रमणका कारण ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा निधन भएको हो ।

बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए । उनको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रकाशित : २०७७ जेष्ठ १४, बुधबार २१:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ