जनकपुरमा प्रहरीद्वारा ११ लाख बराबरको मदिरा बरामद अनुशन्धान जारि


जनकपुरधाम । जनकपुरमा प्रहरीले ११ लाख बराबरको मदिरा बरामद गरेको छ । जनकपुर उपमहानगरपालिका–४ माछाबजारस्थित महेश्वर मण्डलको घरको गोदाममा राख्‍न लागेको अवस्थामा प्रहरीले ११ लाख रुपैयाँ बराबरको दिलवाले नामक सौफी मदिरा बरामद गरेको हो ।

ना२ख ८२७९ नम्बरको ट्रकमा ल्याई गोदाममा राख्‍न उक्त मदिरा झार्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले फेला पारी ट्रकसहित बरामद गरेको हो ।  फरार ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ जेष्ठ १५, बिहीबार १५:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ