प्रदेश २ मा प्रवेश गर्न सकिने नाकाहरु, धनुषाको जटही नाका पनि खुलाउने मन्त्री यादवको भनाई


जनकपुरधाम । नेपाल सरकारको निर्णय अनुसार यस्ता छन् प्रदेश २ वाट नेपाल प्रवेश गर्न सकिने नाकाहरु । सप्तरीको कुनौली, सिरहाको ठारही र माडर, महोतरीको भिठ्ठामोड, सर्लाहीको मलंगवा, रौतहटको गौर र पर्साको विरगंज नाका वाट भारतवाट आउनेहरु नेपाल प्रवेश गर्न सक्ने छ ।

यि निर्णय भारतवाट नेपाल आउने मानिशहरुको लागि मात्र लागु हुनेछ ।अतिआवयश्क सरसमानहरु लिएर आउने मालवाहक सवारीसाधनहरुमा भने इ निर्णय लागु नहुने प्रदेश २ का आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।

एता प्रदेश २ सरकारका प्रवक्ता समेत रहेको मन्त्री यादवले प्रदेश २ का आठवटै जिल्लामा एक एक नाका गरि आठवटा नाकाहरु आवयश्क पर्ने बताउछन् । अहिलेको निर्णय अनुसार धनुषा र बाराको कुनै पनि नाकाहरु नपरेको कुरा आफुलाई थाहा नरहेको बताउदै मन्त्री यादवले प्रत्येक जिल्लामा एक नाका राख्न लगाउने बताए ।

धनुषामा जटही खुलाइने समेत मन्त्री यादवले बताए । त्यसी गर्दा धनुषा र बाराका स्थानियलाई अपठेरो हुने भन्दै हरेक जिल्लाको एक नाका खोल्नु पर्ने मन्त्री यादवको भनाई छ ।

प्रकाशित : २०७७ जेष्ठ १६, शुक्रबार १२:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ