आज थप १९ जना डिस्चार्ज ; कोरोना जित्‍नेको संख्या २०६ पुग्यो


काठमाडौं : शुक्रबार थप १९ जना डिस्चार्ज भएका छन्।योसहित कोरोना जित्‍नेको संख्या २०६  पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डिस्चार्ज हुनेमा टेकु अस्पतालबाट २ जना, पाटन अस्पतबाट ७ जना, बलम्बु अस्पतालबाट २ जना र कोरोना विशेष अस्पताल बेलझुण्डी दाङबाट ८ जना रहेका छन्।

डिस्चार्ज हुनेमा पुरुष १६२ जना ४४ महिला रहेका छन्। 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार हालसम्म प्रदेश १ मा ३० जना निको भइ घर फर्किएका जना छन्। त्यस्तै प्रदेश २ मा १०२ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ४७ जना र सुदूरपश्चिममा ५ जना गरी कुल २०६ जना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट 64 हजार 1 सय 54 र आरडीटी विधिबाट एक लाख 5 हजार ४ सय ७८ जनाको नमुना परीक्षण गरिएको छ। 

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार २३८ र आरडीटी विधिबाट ३हजार ४४४ नमुना परीक्षण गरिएको छ।  प्रवक्ता देवकोटाका अनुसार हालसमम क्वरेन्टाइनमा ९९ हजार ३ सय ३६ जना छन् । क्वारेन्टाइन बस्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ।१ हजार जना आइसोलेसनमा उपचार भइराखेको छ।

हालसम्म कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ भने मृत्यु हुनेको संख्या ५ छ।

प्रकाशित : २०७७ जेष्ठ १६, शुक्रबार १६:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ