जलेश्वर बजार स्थित संचालनमा कडाई


महोत्तरी । जिल्ला समन्वय समिती महोत्तरीमा कार्यरत तीन जना लगायत १७ जनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला सदरमुकाम जलेश्वरमा लाग्ने हाट बजार पूर्ण रुपमा बन्द गरिएको छ । लकडाउनको समयमा पनि समय मिलाएर खुल्दै आएको बजार पूर्ण रुपमा बन्द भएको हो ।


कोरोना महामारीको कारण क्रमिक रुपमा जनजीवन अस्तव्यस्त हुँदै गएपछि फाटफुट रुपमा खुल्दै आएको जलेश्वर वजारलाई शुक्रवारदेखि कडाई गरिएको महोत्तरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।


विहीबार जिल्ला समन्वय समिति महोत्तरीका अधिकारी सहित अन्य २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । जिसस महोत्तरीका अधिकारी र उनका चालकलाई काठमाडौँको बल्खु स्थित सशस्त्र प्रहरीको आइसोलेसनमा भर्ना गरिएको छ भने संक्रमण पुष्टि भएका १ जना खरिदारलाई जलेश्वरस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ ।


जिसस महोत्तरी तथा जलेश्वरनाथ नगरपालिकाका समेत अधिकारी रहनुभएका कोरोना पोजिटिभ देखिए पछि उनको कन्ट्याक्ट ट्रेसिङ लिने कार्य सुरु गरिएको स्रोतको भनाई रहेको छ ।

प्रकाशित : २०७७ जेष्ठ १६, शुक्रबार २०:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ