बिरामी बोक्न नमान्‍ने एम्बुलेन्स खारेज गर्ने चेतावनी


जनकपुरधाम : बिरामी बोक्न अस्वीकार र आनाकानी गर्ने एम्बुलेन्स खारेजी गर्ने जिल्ला प्रशासन कार्यालय धनुषाले चेतावनी दिएको छ ।  एम्बुलेन्सले विरामी बोक्न अस्वीकार गरिरहेको गुनासो आएपछि जिप्रकाले शुक्रबार सूचना जारी गरेर यस्तो चेतावनी दिएको हो।

  अहिलेको अवस्थामा कुनै पनि बहानामा बिरामी बोक्न अस्वीकार नगर्न एम्बुलेन्स संचालक संघ/संस्था तथा चालकलाई प्रशासनले भनेको हो।  ‘तोकिएको ठाउँमा बिरामी बोकेर जान नचाहने, नजाने वा विभिन्‍न बहाना बनाएर विरामीलाई अस्पताल लैजान नचाहने एम्बुलेन्सलाई नियन्त्रणमा लिई एम्बुलेन्स खारेजीसम्मको प्रक्रियामा लैजाने गरी कारवाही गरिनेछ,’ प्रशासनले भनेको छ।

यस्तै एम्बुलेन्स तोकिएको ठाउँमा राख्‍न, चालकलाई पिपिई, मास्क र पञ्जा लगाउन प्रशासनले आग्रह गरेको हो। प्रशासनले चालकलाई बिदामा नराख्‍न र चालकको सिटलाई पार्टिसन गर्नसमेत निर्देशन दिएको छ।

प्रकाशित : २०७७ जेष्ठ १७, शनिबार ०७:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ