लकडाउनमा हिंसाको जोखिममा महिला र बालबालिका


रुबी झा । यो भीषण कोरोना माहमारीमा पुरै देश जूझि रहेको लकडाउन बेलामा समग्र अपराधमा कमी आएको तर घरेलू हिंसा बढेको छ । महिला बालबालिकाहरु आफ्नै घर टोल समाजमा असुरक्षित भएका छन् । लकडाउन भए देखी बलात्कार, घरेलू हिंसाको घटना बढेको र दर्ता भएका छन् ।


प्रहरीको रिकार्ड अनुसार लकडाउन अबधिमा औसत भन्दा भन्दा बढ़ी ब्लात्कारको घटना भएको छ । महिलाहरु आफ्नै छिमेकी र आफन्त बाट बलात्कृत भइ रहेका हुन्छन् ।
प्रदेश नम्बर २ मा मात्र १५ भन्दा बढ़ी घटना दर्ता भएको छ । यसको न्यूनीकरण पनि घरबाटै महिला र पुरूष मिलेर गर्नुपर्छ । घरभित्र हिंसा हुन नदिन हरेक व्यक्तिले आफ्नो भूमिका चिनेर निर्बाह गर्न सक्नुपर्छ ।


महिलाहरुलाई आर्थिक र सामाजिक रुपमा शसक्तिकरण नबनाइए सम्म उनीहरूमाथि परिवार र समाजले हिंसा गर्ने अवस्थाको अन्त्य हुन सक्दैन ।
समाजमा पुरुष प्रधान सोचका कारण पनि विशेषरूपमा महिला हिंसा बढेको हो । यस्तो अवस्थामा समाजका मानिसहरूले महिला पुरुष बराबर हुनुपर्ने धारण निर्माण गर्नु पर्छ । यसरी दुइटै बराबर हो भनें सोच बनाए मात्र समाजमा सकारात्मक परिवर्तन हुन सक्छ र महिला हिंसाको कमि हुन सक्छ ।
केही दिन पहिला क्वारेन्टाइनमा बसेकी महिला माथि बलात्कार भएको घटना पनि आएको थियो । यसको मतलब हामी महिला सुरक्षित छैनौं । यस अवस्थामा जसरी लकडाउन उल्लङ्घन गर्दा पुलिसले कारबाही गरेको छ, त्यसरी नै महिला हिंसा गर्नेलाई पनि तुरुन्तै कार्वाही सहित जेल सजाय हुनु पर्छ सो कुरो मिथि फाउनडेशनका अध्यक्ष रुबी झा ले बताउनु भएको छ ।

प्रकाशित : 30 May 2020 2:27 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !