जनकपुर उप–महानगरपालिकामा १४० वेडको क्वारेन्टाइन स्थापित


जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाले १४० वेडको क्वारेन्टाइन सञ्चालनमा रहेको जनाएको छ ।
उप–महानगरपालिकाका वडा नं. ४ गोपालधर्मशालामा ८०, वडा नं. २० देवपुरा रुपैठामा ४० र वडा नं. १९ वेङ्गासिहपुरमा २० गरि एक सय ४० वेडको क्वारेन्टाइन उप–महानगरपालिकामा रहेको छ ।

जनकपुरधाम उप–महानगरपालिकाले सवै वडामा क्वारेन्टाइन स्थापनाकालागि सवै वार्डलाई परिपत्र गरि छिटो भन्दा छिटो सवै वडाहरुमा क्वारेन्टाइन सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरि सकेका छन् ।

कोरोना भाईरसवाट आजिज भएका नेपाल सहित विश्वभरका विभिन्न स्थानवाट आउने जनकपुरधामवासीकोलागि क्वारेन्टाइनको क्षमता बढाउनुको साथै नयाँ नयाँ क्वारेन्टाइन सञ्चालनमा ल्याउने जनाएको छ ।

अहिले गोपालधर्मशाला, देवपुरा रुपैठा र बेङ्गासिहपुरको क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक पोसिलो ४ पटकमा नास्ता, खाना र खाज दिइने गरेको छ ।

प्रकाशित : २०७७ जेष्ठ १७, शनिबार १५:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ