आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ


काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । सरकारले हवाई इन्धनमा लगाइँदै आएको पूर्वाधार विकास कर हटाएपछि निगमले मुल्य घटाएको हो ।

आन्तरिक तर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ८२ डलरले मूल्य घटाएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए । घटेको मूल्यअनुसार अब आन्तरिकतर्फको हवाई इन्धनको प्रतिलिटर मूल्य ७५ रुपैयाँबाट घटेर ६५ रुपैयाँ कायम भएको छ भने ९ सय ५० डलर प्रतिकिलोलिटरबाट ८२ डलरले घटेर ८६८ डलर कायम भएको छ ।

उनले भने–‘विहीबार रातीदेखि नै लागू हुने गरी आन्तारिक र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाइएको र डिजेल, पेट्रोल र मटितेलको मूल्य यथावत राखिएको छ ।’

आर्थिक वर्ष २०७७÷७८ को बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री युवराज खतिवडाले पूर्वाधार विकास करबापत हवाई इन्धनमा लाग्दै आएको १० रुपैयाँ कर हटाएको विहीबार घोषणा गरेका थिए ।

प्रकाशित : २०७७ जेष्ठ १७, शनिबार १९:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ