लकडाउनको ६८ दिन पुरा, संक्रमित दिनप्रति दिन थपिँदै छन्


काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सकारले लागू गरेको लकडाउनको शनिबार ६८ दिन पुगेको छ । गत चैत ११ गते देखि लागू भएको लकडाउन जेठ २० गते सम्मका लागि तोकिएको छ । लामो समय लकडाउन भएपछि जनजीवन प्रभावित भएको छ । तर पनि लकडाउनको पालना भएको पाइएको छ ।

शनिबार काठमाडौं लगायत देशका मुख्य शहरहरुमा सवारीसाधन र मानिसहरुको आवागमन न्यून देखिएको छ । मूख्य सडकहरुमा अत्यावस्यक सेवा र पासवाहक सवारी साधन मात्रै सञ्चालनमा आएका छन् । प्रहरीले सवारी साधनको जाँचलाई कडाई गरेको छ । अत्यावस्यक सेवा र पास नलिइ सञ्चालनमा आएका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।

त्यस्तै सडकमा मानिसहरुको आवागमन पनि देखिदैन् । भित्रि सडकहरुमा पनि लकडाउनको पालना भएको पाइएको छ । सबै पसलहरु बन्द छन भने मानिसहरुको आवागमन पनि न्यून छन् । अत्यावस्यक खाद्य सामग्री र तरकारीका पसलहरु बिहान र बेलुका खुल्ने गरेका छन् । मानिसहरु सामाजिक दुरीलाई कायम गर्दै आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो गरेको नियमित प्रेस ब्रिफिङ अनुसार नेपालमा कुल १ हजार ४ सय १ जनामा कोरोना भाइरस संक्रमण देखा परेको छ ।

प्रकाशित : २०७७ जेष्ठ १७, शनिबार १९:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ