जनकपुरधामको क्वारेन्टाइनमा ८८ जनामा ८६ जनाको रिपोर्ट निगेटिभ


जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहको सक्रियताले आज रंग देखाएको छ । उनको सक्रियतामा गोपालधर्मशालामा बनाइएको क्वारेन्टाइनका ८८ जना मध्ये ८६ जनाको रिपोर्ट निगेटिभ आएको छ ।

जेष्ठ १२ गते ७६ जनाको र यस भन्दा पहिला १२ जनाको स्वयाव संकलन गरिएको थियो । कुल ८८ जना मध्यये जनकपुरधाम उप–महानगरपालिका १७ र १५ गतेका दुई जनामा मात्रै कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको छ ।

मेयर साहले गोपालधर्मशालामा क्वारेन्टाइन सञ्चालन भएकै दिन देखि उनीहरुको हेरचाहमा कुनै प्रकारको कमिकमजोरी नहोस भनि प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतसंग भेटेर गोपालधर्मशालाको क्वारेन्टाइनको विषयमा जानकारी गाराउँदै छिटो भन्दा छिटो स्वायव संकलनकालागि आग्रह गरेका थिए ।

जेष्ठ १२ गते गोपालधर्मशालाको क्वारेन्टाइन र १५ गते देवपुरा रुपैठामा रहेको क्वारेन्टाइनवाट स्वायव संकलन गरिएको थियो । संकलन गरिएको स्वायवको रिपोर्ट आज आएको छ जो सुखदायक रहेको जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साह वताउँछन् । उनले भने–‘हामीले पूर्ण सतर्कता अपनाएका थियौं कसरी दुई जनाको पोजेटिभ आएको यसले दुःखी बनाएको छ । हामीले सतप्रतिशत निगेटिभ आउनेमा आशावादी थियौं ।’

भारतवाट तथा अन्य ठाउँवाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्न र भौतिक दुरी कायम गर्नकालागि जनकपुरधाम उप–महानगरपालिकाले सवै वडामा क्वारेन्टाइन सञ्चालनमा ल्याउने तयारी गरि सकेका छन् । जस अनुसार वडा ४ को गोपालधर्मशाला, वडा २० को देवपुरा रुपैठा र वडा १९ को वेङ्गासिहपुरमा कुल १४० वेडको क्वारेन्टाइन सञ्चालनमा राखेका छन् ।

जनकपुरधाम उप–महानगरपालिकाका मेयर साहले भने–‘जनकपुरधामबासीमा कोरोना पोजेटिभ आउन नदिन हामी अहोरात्र खटि रहेका छौं । कतिको दुरी बनाएर बस्ने, के खाने, के लगाउने देखि लिएर उहाँहरुलाई विहान विहान योगा अभ्यासको कक्षा पनि सञ्चालन गरेका छौं ।’ पोष्टिक खाना देखि लिएर उनीहरुलाई बस्नकोलागि वेड, झुल, विहान वेलुका सेनिटाइजर छिर्कने देखि लिएर उनीहरुको हरेक गतिविधिमा सचेतना कसरी अपनाउन सकिन्छ त्यस विषयमा लागि परेका छौं ।’

प्रकाशित : २०७७ जेष्ठ १७, शनिबार १९:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ