पूर्व-पश्चिम राजमार्गमा भयानक दुर्घटना : ११ जनाको घटनास्थलमै मृत्यु, २२ घाइते


दाङ : भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङ तर्फ आईरहेको हाइस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके सडक खण्डमा  दुर्घटना भएको छ ।

राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस (फोर्सगाडी) दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटना आइतबार राति सवा १२ बजे भएको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ ।

मृतक ११ जनाको शव भेरी अस्पतालमा ल्याइएको छ । मृतकको नामावली संकलन भइसकेको छैन । भेरी अस्पतालको शव गृहमा शव राखिएको छ ।

प्रकाशित : २०७७ जेष्ठ १९, सोमबार ०६:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ