महोत्तरी जिल्ला को लोहर्पट्टी -१ बगडा गाउँमा ” श्री बगडा यूवा समिति ” गठन भएको छ


महोत्तरी । यश प्रदेश न .२ महोत्तरी जिल्ला लोहरपट्टी -१ बगडा गाउका देश बिदेशमा बस्ने युवाहरू एउटा नयाँ सोचका साथ समाजिक कार्य गर्नमा अगाडि बढेका छन् । केही महिना देखि कोरोना महामारीको कारनले सन्सार नै समस्यामा परेका छन र हाम्रो नेपाल झन गरिब देश भएको कारणले झन यहाका जन्ता हरुलाई खाद्यान्न को बढी समस्या परेका छन् त्येही मौकामा यश बगडाका गाउँमा बस्ने लगायत बिदेशमा पनि बस्ने युवाहरु एउटा् असल टिम बनाएर केही महिना देखि कोरोना पिडित समुदाय हरुलाई सहयोग गर्दै आईरहेको छ ।

साथै केही दिन अगाडी हेल्प मधेसी संस्था मलेसियाका शाखा बातुपहात समितिको सहकार्यमा पनि महोत्तरीमा जिल्लामा भएका अन्धो ,अपाङ्ग जस्ता बिपन्न परिबारहरु लाई जम्मा ६ ,घरधुरी लाई खाद्यान्न सामाग्रीहरु नेरु :- ११००० /- को प्याकेज बनाई वितरण गरेका थिए त्यसै गरि प्रदेश न. २ जिल्ला महोत्तरी, राम गोपालपुर ७ हरिनमरि गाउँ मा बसोबास गर्दै आइरहेको अन्धो परिबार बाट गोपाल खत्बे ,अपाङ्ग परिबार बाट सुनेखा देबि खत्बे जस्तै बिपन्न परिबार हरु ,चन्देश्वर मंडल ,फेक्न मण्डल खत्बे , सुन्दरकला देबि मण्डल, भर्भरि देबि जस्ता जम्मा ६ जना परिबारहरु लाई पनि सहयोग गरेका थिए।

यस्तै कार्यहरू गर्दै जादा यी युवाहरूले एउटा् ठोस निर्णय का साथ यहि मिति २०७७ साल जेठ १२ सोमबारको दिन अनलाईन बैठक द्वारा उक्त गाउँको युवा रमेश कुमारयादव को सन्योजकत्वमा ” श्री बगडा युवा समिति ” गठन गरेको छ। उक्त कार्यसमितिको अध्यक्षमा रामहृदय यादब , उपाध्यकक्षमा रामकृष्ण यादव (राजबिर) , सचिवमा रमेश यादब , सह सचिवमा हरिन्र्द यादव , कोषाध्यक्षमा संजय यादब , वरिष्ठ सल्लाहकारमा बिनोद यादब , सल्लाहकारमा सर्बेश यादब सदस्यहरुमा श्रवण यादब , कृष्ण यादब गरि जम्मा ९ जना कार्य समिति रहेका छन् र यो कार्य समिति को घोषणा भएको दिन देखि कार्यन्वयन हुने अबधि अधिबेशन हुने सम्म निर्णय पनि यसै बैठक बाट पारित गरेको कुरा रमेश कुमार यादव ले बताउनु भयो।

प्रकाशित : २०७७ जेष्ठ १९, सोमबार ०८:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ