प्रदेश २ मा थप ८२ जनामा कोरोना संक्रमण , संक्रमित संख्या ६९५ पुग्यो


जनकपुर । प्रदेश २ मा सोमबारमात्रै ८२ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । 

यो समेत यस प्रदेशमा संक्रमितको संख्या ६९५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आइतबार ५९ जनामा संक्रमण पुष्टि भएको थियो । शनिबारसम्म ५५४ रहेकोमा आइतबार संक्रमितको संख्या ६१३ पुगेको थियो । 

यस प्रदेशमा सोमबारसम्म जम्मा १५ हजार ६७० जनाको स्वाब संकलन गरिएकोमा ४ हजार ६२४ जनाको नतिजा आउन बाँकी छ । 

आइतबार ६२० जनाको स्वाब संकलन गरी जाँचको लागि ल्याबमा पठाइएको छ । 

प्रकाशित : २०७७ जेष्ठ १९, सोमबार १९:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ