कमला नदीमा नदी चेतना यात्राको शुभारम्भ


जनकपुरधाम। गंगा अवतरण दिवसको अबसरमा सोमवार कमला पुजा गरी जेष्ठ शुक्ल दशमी तिथि गंगा दसहाराको पुनित अवसरमा पानी रे पानी तहत नदी चेतना यात्राको शुभारम्भ गरिएको छ ।​​​​​​

मिथिला भुमिमा अवतरित गंगा नदी सरह मानिने कमला नदीमा नदी चेतना यात्रा सोमवार गंगा दशहरा देखि अन्तरास्ट्रिय नदी दिबस सम्म कमला नदीको उदगम स्थल नेपालको सिन्धुली जिल्ला महाभारत चुरे जंगलदेखि भारत बिहार कमला कोसी संगम सम्म चेतना यात्रा चल्ने कार्यक्रम रहेको शहिदनगर नगरपालिकाका मेयर तथा कमला अभियानी उदय कुमार बरबरिया यादवले बताएका छन् ।​​​​​​
कमला अभियानका संयोजक अभियानी बिक्रम यादवका अनुसार सो यात्रा का प्रायोजक GAIL india लिमिटेड र कमला नदी चेतना यात्रा को आयोजक कमला जलाधार संरक्षण अभियान नेपाल रहने जानकारी दिएका छन ।​​​​​​

कार्यक्रम मा कमला अभियानी बिरेन्द्र यादव , राज किशोर सल्हैता, श्याम कुमार सिंह , रामनाथ यादव, राम शरन, रोसन यादव , पत्रकार कमला अभियानी काशिन्द्र शर्मा लगायत कमला अभियानीहरु कोभिड १९ महामारीको मध्यनजर गरी समाजिक दुरी कायम राखी सहभागिता रहेको थियो ।

प्रकाशित : २०७७ जेष्ठ १९, सोमबार २०:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ